चितवन घटनाबारे प्रवक्ता श्रेष्ठको प्रतिक्रिया-‘यस्तो व्यवहारले कसैको हित गर्दैन’

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार


काठमाडौं । सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले चितवनमा नेकपा स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्र्यवहार निन्दनीय रहेको बताएका छन्।

नेकपा प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँर्दै यस्ता घटनाले कसैको हित नगर्ने बताएका छन्।

उनले भनेका छन्, ‘आज चितवन जिल्लाको राप्ती नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद क.सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्ब्यबहारको घटना अति निन्दनीय एवं भर्त्सना योग्य छ। यसप्रकारको ब्यबहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन। चेत होस्।’

शनिबार चितवनको राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा पार्टी नगर कमिटीको कार्यक्रममा नेता पाण्डेले मन्तव्य राखिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यकर्ताले नारावाजी गरेका थिए। नाराबाजीपछि उक्त कार्यक्रम स्थगित भयो।

नेकपाकै कार्यकर्ताहरुले नेता पाण्डेमाथि दुर्व्यवहार गरेको विषयलाई लिएर नेकपा नेताहरुको प्रतिक्रिया जनाइरहेका छन्।

यसअघि वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले वक्तव्य जारी गर्दै घटनाको भत्र्सना गरेका थिए।

 

 


प्रतिक्रिया दिनुहोस्