कमेडियन भारती सिंहको घरमा गाँजा भेटियो

प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार


काठमाडौं । चर्चित भारतीय कमेडियन भारती सिंहलाई भारतीय प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसिबी)ले पक्राउ गरेको छ।

विभागका अधिकारीहरुका अनुसार शनिवार भारती सिंह र उनका श्रीमानको प्रोडक्सन हाउस र घरमा छापा मारिएको थियो।

सो क्रममा दुवै ठाँउ बाट नशालु पदार्थ (गाँजा) फेला परेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। ८६.५ ग्राम जतिको गाँजा दुवै ठाँउमा भेटिएको हो।

एनसीबीका अधिकारीका अनुसार आफूहरु नसा सेवन गर्ने गरेको दुवै पतिपत्नीले स्वीकारेका छन्।

अहिलेसम्म भारती सिंहलाई नियन्त्रणमा लिइएको र उनका पति हर्षसँग सोधपुछ जारी रहेको एनसिबिले जनाएको छ।

एनसिबिका निर्देशक समिर वानखेडेले भने-‘भारती र उनका पतिलाई सोधपुछका लागि बोलाएका छौं। हामीलाई केही नशालु सामग्री प्राप्त भएको छ त्यसबारे सोधपुछ गर्ने छौं।’

मुम्बईमा कलाकारहरुमाथि लागूपदार्थको मुद्धामा एनसिबिले निगरानी बढाएको छ। केही दिनअघि अभिनेता अर्जुन रामपालका घरमा एनसिबिको टोलीले छापा मारेको थियो।

बलिउड अभिनेता सुशांत सिंह राजपूतको मृत्यु प्रकरणमा लागूऔषध जोडिएपछि एनसिबिले धेरै लागू औषधि पसलेहरूलाई समातेको छ भने बिस्तारै थुप्रै नाम पनि बाहिर आइरहेका छन।

भारतीको प्रकरणमा पनि एक लागू औषध पसलेले नाम बताएपछि एनसिबिले शनिवार उनको घरमा छापा हानिएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्