कोरोनाबाट वरिष्ठ चिकित्सक डा.धुव्र शर्मा मुडभरीको निधन

प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालले एक अर्का वरिष्ठ चिकित्सक गुमाएको छ।

वरिष्ठ चिकित्सक डा.ध्रुव शर्मा मुडभरीको शनिवार उपचारको क्रममा निधन भएको हो।

काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा वरिष्ठ चिकित्सक शर्माको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

लामो समयदेखि ओम अस्पतालमा कार्यरत शर्मालाई केहीदिनअघि कोरोना संक्रमण भएको थियो।

ओम अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्मा नेपालका वरिष्ठ सर्जन थिए।

डा.मुडभरीको निधनमा ओम अस्पतालले अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गरेको छ।

राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पुर्याएका डा मुडभरी ॐ अस्पतालका संस्थापक थिए।

उनका श्रीमती, दुई छोरी र एक छोरा छन्। स्व मुडभरीको आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्