कमेडियन भारती सिंह र उनका श्रीमान पक्राउ

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार


नयाँ दिल्ली । चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्युरोले कमेडियन सिंहको अन्धेरीस्थित घरमा छापा मारेको हो।

एक ड्रग कारोवारीले उनीहरुको नाम लिएपछि एनसीबीले उनीहरुको घरमा छापा मारेको थियो । जसमा उनीहरुको घरबाट नशालु पदार्थ बरामद भएको बताइएको छ।

ड्रग्स फेला परेपछि उनीहरुलाई हिरासतमा लिइएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एनसीबीले ड्रग्स प्रकरणमा हाल धेरै स्टार कलाकारहरुलाई निशाना बनाएको छ। हालसालै अभिनेता अर्जुन रामपालको घरमा छापा मार्नुका साथै उनीसँग सोधपुछ गरेको थियो।

भारती सिंहको भारतकी चर्चित हास्यकलाकार हुन। हाल उनी कपिल शर्मा शोको एक हिस्सा हुन्।

भारतीको घरमा छापाको खबरले उनका प्रशंसकहरूलाई निराश बनाएको छ। भारतीमाथि एनसीबीको अबको कदम के हुन्छ भन्ने हेर्न बाँकी नै छ।

 


प्रतिक्रिया दिनुहोस्