ट्रम्पलाई सेना लगाएर ह्वाइट हाउसबाट लखेट्न सकिन्छ : ओबामा

प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार


कामठाडौं । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सेना लगाएर लेखेट्न सकिने बताएका छन्।

हालैको राष्ट्रपतीय निर्वाचनमा ट्रम्प डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनसँग पराजित भएका थिए। तर, उनले अझै हार स्वीकार गरेका छैनन।

उनले चुनावमा धाँधली भएको र पुनः मतगणना गनुपर्ने माग गरिरहेका छन्।

ट्रम्पले हार स्वीकार नगर्दा सत्ता हस्तान्तरणमा अफ्ठेरो देखिने आशंका भइरहेको छ।

सो बिषयमा अमेरिकी पूर्व राष्ट्पति ओबामाले ट्रम्पलाई कमाण्डो पठाएर निकाल्न सकिने बताएका हुन।

आफ्नो नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’को प्रचारका लागि एक टेलिभिजन कार्यक्रममा पुगेका ओबामाले यस्तो धारणा राखेका हुन।

टेलिभिजनमा अन्तरवार्ताकारले व्यंग्यात्मक रुपमा ट्रम्पलाई इंगित गर्दै ओबामासँग प्रश्न गरेका थिए,‘के हुन्छ यदी कोही ह्वाइट हाउसमा लुकिरहेका छन् भने? तपाइँले ह्वाइट हाउसमा ८ वर्ष बिताउनु भएको छ तपाइँलाई ह्वाइट हाउसबारे सबै थाहा छ। के त्यहाँ त्यस्ता ठाउँ छन् जहाँ कोही लुक्न सकोस्?’

उक्त प्रश्नमा ओबामाले हाँस्दै भनेका थिए,‘मलाई लाग्छ ह्वाइट हाउसमा लुक्ने व्यक्तिलाई निकाल्न हामी सँधै नेभी सिल्स पठाउन सक्छौं।’


प्रतिक्रिया दिनुहोस्