दुबईकी राजकुमारीको बडीगार्डसँग अवैध सम्बन्ध, कसैलाई नबताउन भन्दै दिइन् १९ करोड!

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार


अबुधाबी । दुबइका शासक शेख मोहम्मद बिन रसिद अल मकतुमकी पत्नीको आफ्नै बडीगार्डसँग अवैध सम्बन्ध रहेको खुलेको छ।

राजकुमारी हाया बिन्त हुसेनले बडीगार्डलाई उनीहरूको अवैध सम्बन्धबारे कसैलाई नबताउनका लागि भन्दै करिब १९ करोड दिएको डेली मेलले दाबी गरेको छ।

बेलायती अदालतमा भएको सुनुवाइको आधारमा उक्त पत्रिकाले सो दाबी गरेको हो।

दुबईका शासकले राजकुमारी हायालाई सन् २०१९को फेब्रुअरीमा सरिया कानून अन्तर्गत उनलाई थाहै नदिई तलाक (डिभोर्स) दिएका थिए।

राजकुमारी हाया दुबई छाडेर हाल बेलायतमा बसिरहेकी छिन्। उनी दुई बच्चाकी आमा हुन।

रिपोर्टका अनुसार राजकुमारी हायाका बडीगार्ड विवाहित थिए। तर, राजकुमारी सँगको अफेयरको कारण उनको वैवाहिक सम्बन्ध विच्छेद भयो।

राजकुमारी हायाले बेलायती अदालतमा बच्चाको अभिभावकत्व आफूले पाउनुपर्ने माग गर्दै मुद्दा हालेकी थिइन् र हायाको पक्षमा अदालतले फैसला गरेको छ।

रिपोर्टमा बताइए अनुसार राजकुमारी हाया आफ्ना बडीगार्डलाई धेरै महँगा-महँगा गिफ्ट समेत दिन्थिन्। जसमा उनले १२ लाखको घडी र ५० लाखको गनसट जस्ता गिफ्टहरु दिएकी थिइन्।

राजकुमारी हाया दुबईका शासक शेख मोहम्मद बिन रशीद अल मकतुमकी छैठौं र सबैभन्दा कम उमेरकी पत्नी थिइन्।

सन् २०१६ मै बडिगार्ड र उनको अफेयर चल्न सुरु भएको बताइन्छ। उक्त रिपोर्टका अनुसार ४६ बर्षीया राजकुमारी हायाको बेलायती नागरिक रहेका बडीगार्ड ३७ बर्षीय रसल फ्लावरसँग २ बर्षसम्म सम्बन्ध चल्यो।

राजकुमारी हायाले रसलसँगको सम्बन्धमा चुप लाग्न तीन अन्य बडीगार्डलाई पनि करोडौं रूपैया बाँडेको बताइएको छ।

राजकुमारी हाया सन् २०१८ मा दुबईबाट भागेर लण्डन पुगेकी थिइन्। उक्त दाबीबारे रसिलले हाल कुनै प्रतिक्रया दिएका छैनन।


प्रतिक्रिया दिनुहोस्