नगद ८१ हजार रुपैयाँ र ११ ग्राम ब्राउन सुगरसहित झापामा २ जना पक्राउ

प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार


विराटनगर । प्रतिबन्धित लागू औषध ब्राउनसुगरसहित झापा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढीबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीबाट २ जनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय विष्णु राजवंशी र १८ वर्षीय सागर पाहान छन् । प्रहरीले उनीहरुको साथबाट ११.०६ ग्राम ब्राउन सुगर बरामद गरिएको जनाएको छ ।

यस्तै, ब्राउन सुगर बिक्री गरेबापत राखेको नेपाली रुपैयाँ ८१ हजार १ सय र भारतीय रुपैयाँ १ सय १० बरामद गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका दुवैजनाविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्