सचिवालय बैठकमा महासचिवको प्रस्ताव– सामूहिक राजीनामा दिऔं

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार


काठमाडौं । सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले सबैले सचिवालयबाट राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् ।

विवाद जारी रहँदा बुधवार बसेको नेकपा सचिवालय बैठकमा महासचिव पौडेलले अहिले जारी विवादको कारण आफूहरु भएका कारण सबै ९ जनाले नै सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका थिए ।

‘हामी सबै असक्षम भयौं सबैले समूहिक राजीनामा दिउँ र नयाँ पुस्तालाई सचिवालयमा ल्याउन स्थायी समितिमा प्रस्ताव लगौं,’ सचिवालय बैठकमा उनले भनेका थिए ।’ तर उनको प्रस्तावमा कुनै निर्णय भने भएन ।

यसअघिको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए । जहाँ उनले अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि आरोपहरु लागएका थिए । जसका कारण आजका लागि तय भएको बैठक सार्न केपी ओलीले प्रयत्न गरेका थिए ।

प्रचण्डको प्रस्ताव फिर्ता नभइ बैठक बस्न नसक्ने ओली पक्षको भनाइ रहेपनि प्रचण्ड पक्षले जसरीपनि बैठक हुनुपर्ने अडान राखेको थियो ।

त्यसपछि ओली बैठकमा सहभागी हुन सहमत भएका थिए ।

बैठकमा प्रचण्डले पेश गरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको भएपनि ओलीले आफूले पनि राजनीतिक प्रस्ताव ल्याउने र सबै प्रस्तावका बारेमा छलफल गर्ने बताएपछि बैठक १० दिनका लागि स्थगित भएको छ ।


प्रतिक्रिया दिनुहोस्