हङकङमा नेपालीले सञ्चान गरेको रेष्टुरेन्टमा भएको आगलागीमा ज्यान गुमाउनेको संख्या ९ पुग्यो

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार


काठमाडौं । आइतबार राति हङकङ जोर्डनको क्यान्टोन रोडस्थित एक नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा भएको आगलागीमा थप दुई जना नेपालीको मृत्यु भएको छ।

घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । यो सँगै सो आगलागी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ।

आइतबार ७ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको थियो।

आगलागीमा परेर घाइते भएका १६ जनाको हाल उपचार भइरहेको छ। जन्म दिनको पार्टी मनाइरहँदा त्यहाँ आगलागी भएको थियो।


प्रतिक्रिया दिनुहोस्