गोरखपुर रेल्वे स्टेशनबाट बेपत्ता भयो इला शर्माको बिरालो

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार


काठमाडौं । भारतको दिल्लीस्थित आफ्ना पतिको ‘घर’ जान लागेकी पूर्व निर्वाचन आयुक्त इला शर्मा बिरालो गोरखपुर रेल स्टेशनबाट हराएको छ ।

भारतका पूर्व प्रमुख निर्वाचन आयुक्त एसवाई कुरैशीसँग दोस्रो विवाह गरेकी शर्मा बुधबार दिल्ली जान गोरखपुर रेल स्टेशन पुगेकी थिइन् । तर, दिल्ली जाने रेल चढ्ने क्रममा उनको बिरालो भने स्टेशनमै बेपत्ता भयो ।

बिरालो हराएको सूचना पाएलगत्तै गोखपुर रेल्वे पुलिस र रेल्वे पुलिस पोर्सका सुरक्षाकर्मीहरु खोजीमा जुटे । तर, अबेर रातिसम्म पनि बिरालो फेला पार्न सकिएन ।

दिल्ली जाने ट्रेन चढ्न लाग्दा इलाले साथमै लगेको हिवर नाम गरेको बिरालो गोरपुर रेल्वे स्टेशनको ६ नम्बर प्लेटफर्मबाट हराएको हो ।

आफ्नो बिरालो हराएपछि इला यति भावुक बनिन् कि अबेर रातिसम्म पनि उनी खोजीमा जुटिरहिन् ।

इलाले बिरालो तस्वीरसहितको पोस्टरहरु रेल्वे स्टेशनको विभिन्न ठाउँमा टाँसिन् । पोस्टरमा मोबाइल नम्बर समेत राखिएको थियो । जसमा बिरालो खोजेर ल्याउनेलाई ११ हजार भारतीय रुपैयाँ (भारु) पुरस्कार दिइने समेत घोषणा गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्