प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेट्दै!

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ३ : ४९


काठमाडौं । सत्तारुढ दल नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिलाई भेट्ने तयारी गरेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओली अबको केहि समयमा राष्ट्रपति भवन शितल निवास तर्फ जान लागेका छन्।

आज शितलनिवाशमा कुनै त्यस्तो औपचारिक कार्यक्रम नभएपनि प्रधानमन्त्रीको भेटलाई महत्वका साथ हेरिएको छ। आगामी

स्रोतका अनुसार शितल निवासमा प्रधानमन्त्री ओली सहित प्रचण्ड र माधव नेपाल इतर नेताहरु समेत उपस्थित हुने छन्।

उक्त छलफलमा नेकपाको विवाद समाधान र आगामी कदमबारे छलफल हुन सक्ने ठानिएको छ।


प्रतिक्रिया दिनुहोस्