शंकर र गोकुललाई बर्षमानको जवाफ : प्रचण्डको प्रस्ताव नयाँ बहसको सुरुवात, आत्तिनु पर्दैन

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ३ : १७


काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य बर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावले नेकपामा नयाँ बहसको सुरुवात गरेको बताएका छन्।

अध्यक्ष दाहालले नेकपा सचिवालमा शुक्रबार पेश गरेको राजनीतिक दस्तावेजपछि विभिन्न प्रतिक्रिया आइरहेका बेला मन्त्री पुनले यसलाई नयाँ बहसको सुरुवात भनेका छन्।

अध्यक्ष दाहालको राजनीतिक प्रस्तावलाई लिएर नेकपाका दोस्रो तहका नेता अहिले वादविवादमै उत्रिएको देखिन्छ।

प्रधानमन्त्री पक्षीय नेताहरुले यसले पार्टीमा विभाजन ल्याउन सक्ने भन्दै फिर्ता लिन आग्रह गरेका छन्।

लुम्बनी प्रदशेका मूख्यमन्त्री र पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल मार्फत प्रचण्डको प्रस्तावको विरोध गर्दै उक्त प्रस्ताव फिर्ताको माग गरेका हुन।

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल मार्फत प्रथम अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध प्रचण्डले संगीन आरोप लगाएको र त्यो प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको टिप्पणी गरेका छन।

यस्तै, नेता बाँस्कोटाले पनि सामाजिक सञ्जाल मार्फत अध्यक्ष प्रचण्डलाई ‘प्रस्ताव फिर्ता लिने की गम्भीर परिस्थितीको सामना गर्ने?’ भन्दै प्रश्न गरेका छन्।

उनीहरु दुवैजना प्रधानमन्त्री निकट हुन। अध्यक्ष दाहालको प्रस्तावालाई लिएर ओली पक्षीय नेताहरुले आपत्ति जनाएपछि प्रचण्डपक्षीय नेता पुनले जवाफ फर्काएका छन्।

मन्त्री पुनले अध्यक्ष दाहालको लिखित प्रस्तावले नयाँ बहसको शुरुवात गरेको प्रतिक्रिया दिएका छन।

यस्तै प्रचण्ड पक्षीय युवा नेता एवं नेकपाको युवा संघठनका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले प्रचण्डको प्रस्ताव सही भएको दावी गरेका छन।

फिर्ता लिनुपर्ने ओली पक्षीय नेताहरुको आग्रहलाई सापकोटाले अराजनीतिक र असांगठानिक कुरा भनेका छन।

नेकपा अध्यक्ष दाहालले शुक्रकाबारको सचिवालय बैठकमा पेश गरेको प्रस्तावमा प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाउँदै उनलाई देशका लागि केही योगदान गर्न आग्रह गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस्