ससुराली पुगेर पतिले छ्यापे पत्नीलाई एसिड

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १२ : ३१


धनुषामा २६ वर्षीया युवतीमाथि उनकै पतिले एसिड प्रहार गरेको पुष्टि भएको छ।

युवती माथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले युवतीका पति २७ वर्षीय सञ्जीव साहलाई जनकपुरधाम उपमहागरपालिका वड़ा नम्बर चार संकट मोचन स्कूल नजिक डेराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए।

घटनाको केही समय नबित्दै प्रहरीले सञ्जीवलाई पक्राउ गरेको हो।

आज बिहान ती युवतीमाथि एसिड आक्रमण भएको थियो।
३ वर्षअघि विवाह भएपनि पति सँग राम्रो सम्बन्ध नभएकै कारण उनी माइतीमा बस्दै आएकी थिइन्।

पक्राउ परेका सञ्जीवलाई केही बेरमा सार्वजनिक गर्ने धनुषाका प्रहरी नायब उपरीक्षक मिश्रले बताए।


प्रतिक्रिया दिनुहोस्