एजेन्सी । लिभरपुलका फरवार्ड मोहमद सलाहलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
इजिप्ट फुटबल एसोसियसनले शुक्रबार सलाहलाई कोरोनाको संक्रमण देखिएको जनाएको छ ।
कोरोना देखिएपनि उनलाई कुनैपनि लक्षण नभएको बताईएको छ ।
एसोसियसनले अन्य खेलाडीको कोरोना रिपोर्ट भने नेगेटिभ आएको जनाएको छ ।
२८ वर्षीय सलाह राष्ट्रिय टिमका लागि इजिप्टमा रहेका छन् ।
इजिप्टले शनिबार अफ्रिका कप अफ नेसन्सको छनोटमा टोगोसँग खेल्दैछ ।
अब सलाहले घरेलु मैदानमा हुने उक्त खेल गुमाउने भएका छन् ।