सुनिल थापा काँग्रेस सहमहामन्त्रीमा नियुक्त

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  २ : ४८


काठमाडौं । राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका सुनील थापालाई काग्रेसले सहमहामन्त्री बनाउने निर्णय गरेको छ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पूर्वसहमतिअनुसार थापालाई उक्त जिम्मेवारी दिएको हो।

कांग्रेस उनीसँगै आएक अरु ६ जना नेताहरुलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

केन्द्रीय सदस्य हुनेहरुमा रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी, टिएन योगी, दिलिप राई, आशाराम चौधरी र राजेशबहादुर सिंह छन्।


प्रतिक्रिया दिनुहोस्