काँग्रेसमा सभापति देउवा लगायतका नेता आमरण अनशन बस्नुपर्ने प्रस्ताव

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १ : ५६


काठमाडौं । नेपाली काँग्रेसले छठपछि सरकार विरुद्ध आन्दोलन गर्ने तयारी गरेको छ।

आज बसेको केन्द्रीय समिति बैठकमा तिहार, छठपछि सरकार विरुद्ध आन्दोलन गर्ने तयारी भएको एक केन्द्रीय सस्दयले जानकारी दिए।

बैठकमा केही केन्द्रीय सदस्यले नेकपा सरकारको अकर्मण्यता र भ्रष्टाचारको बिरुद्ध सभापति, वरिष्ठ नेतादेखि केन्द्रीय सदस्यहरुले आमरण अनशन बस्नुपर्ने प्रस्ताव गरेका छन।

नेतृत्वले आन्दोलनको स्वरुपका बारे थप छलफल गरेर तिहार पछि आन्दोलनमा स्पष्ट पारेको नेताहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्