डा.गोविन्द केसीलाई कोरोना संक्रमण

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १ : ३७


काठमाडौं । चिकित्सा क्षेत्रमा सुधारको आवाज उठाउँदै आएका अभियन्ता डा.गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ।

बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए।

पिसिआर परीक्षण गर्दा आज उनको रिपोर्ट पोजेटिभ आएको हो।

कोरोना संक्रमण भएका केसीलाई श्वासप्रश्वासमा समेत समस्या भएको छ।

कोरोना पोजेटिभ भएपछि उनी महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका छन्।

उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्