प्रधानमन्त्री आइपुगेपछि सुरु भयो नेकपा सचिवालय बैठक

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १० : ४९


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केही बेर अघि सुरु भएको हो।

नेकपाका अन्य सचिवालय सदस्य बैठक बस्नु अघिनै बालुवाटार पुगेका थिए। प्रधानमन्त्री ओली ढिलोगरि पुगेपछि बैठक सुरु भएको हो।

बिहीबार महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबार ४ बजे सचिवालय बैठक बोलाएका थिए।

लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन राजी भएका हुन।

आजको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएका छन्।

 


प्रतिक्रिया दिनुहोस्