काठमाडौं । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक उम्मेदवार जो बाइडेनलाई आगामी कार्यकालका लागि चीनले बधाई तथा शुभकामना दिएको छ।
बहालवाला राष्ट्रपति तथा रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पलाई पराजित गरेर बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका थिए।
अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित बाइडेनलाई विश्वभरका नेता तथा देशहरुले शुभकामना दिएका छन्।
तर, चीन र रुसले आधिकारिक नतिजाको प्रतिक्षा गरेको भन्दै बाइडेनलाई शुभकामना दिएका थिएनन्।
शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङले बधाई तथा शुभकामना दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
BREAKING: China has congratulated Joe Biden on winning the US election
— The Spectator Index (@spectatorindex) November 13, 2020
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने अझै बधाई सन्देश दिएका छैनन।