म्यानमारमा सेना समर्थित दलद्वारा पुनः निर्वाचन गराउन माग

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ४ : ०२


काठमाडौं । म्यानमारमा हालै भएको निर्वाचनप्रति सेना समर्थित राजनीतिक दलले असहमति जनाएको छ ।

सेनाको समर्थन रहेको विपक्षी दल युनियन सोलिडारिटी एण्ड डेभ्लोप्मेन्ट पार्टीले निर्वाचनमा धाँधली भएको भन्दै परिणामप्रति असहमति जनाएको हो ।

पार्टीले निर्वाचन आयोगमा उजुरी दिदै पुनः निर्वाचन गराउन समेत माग गरेको समाचारमा जनाइएको छ ।

गत आइतबार मतदान भइ मंगलबार सार्वजनिक भएको मत परिणाममा सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी पार्टीले अत्याधिक ठाउँमा जित हासिल गरेको छ ।

नोबेल शान्ति पुरस्कार विजेता साङ साङ सूकी नेतृत्वको पार्टीले दोस्रो पाँच बर्षे कार्यकालका लागि जित हासिल गरेको हो ।

सैन्य शासनका विरुद्धमा लामो समय संघर्ष गर्नु भएकी सूकीको पार्टीले यसअघि पनि सन् २०१५ मा अत्यधिक बहुमत ल्याएर अहिलेसम्म सरकार सञ्चालन गरेको थियो ।

अहिलेको निर्वाचनले पनि सूचीको पार्टीलाई सत्तामा रहन निरन्तरता दिएको छ ।


प्रतिक्रिया दिनुहोस्