आजको मौसमः उच्च पहाडी भेगमा आंशिक बदली हुने

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १ : ३९


काठमाडाैं । हाल प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

शुक्रबार राती प्रदेश नम्बर. १ का पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज काठमाडौंको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहने महाशाखाकाे अनुमान छ ।


प्रतिक्रिया दिनुहोस्