भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २८ हजार नाघ्यो

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १ : २८


काठमाडौं । भारतमा एकैदिन ४३ हजार ८ सय ६१ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी भारतमा कोरोना संक्रमितको संख्या ८७ लाख २७ हजार ९ सय पुगेको छ ।

त्यस्तै भारतमा एकैदिन कोरोना संक्रमणबाट ५ सय २१ जना संक्रमितको ज्यान गएको छ ।

यसरी भारतमा कोरोनाबाट ज्यान जानेको संख्या एक लाख २८ हजार ६ सय ८६ पुगेको छ ।

त्यस्तै भारतमा ८१ लाख १३ हजार ३ सय ४५ जना संक्रमित उपचारपछि निको भएका छन् भने ४ लाख ८५ हजार ८ सय ६९ जना उपचाररत छन् ।


प्रतिक्रिया दिनुहोस्