पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ९१३ जनामा कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमण पुष्टि भएको छ।
देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा १० हजार २२ पिसिआर नमुना परीक्षण गरिएकामा ७५९ महिला र एक हजार १५४ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या दुई लाख चार हजार २४२ पुगेको छ। यसैगरी आज दुई हजार ३४९ जना कोरोना सङ्क्रमण मुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या एक लाख ६४ हजार ५९२ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार १८९ पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल मुलुकभर संक्रिय सङ्क्रमितको सङख्या ३८ हजार ४६१ पुगेको छ।