कारमा प्रहरीले फेला पार्यो ८० किलो गाँजा

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  १० : २०


हेटौंडा । मकवानपुर प्रहरीले ८० किलो गाँजा बरामद गरेको छ।

बिहीबार हेटौंडा उपमहानगर -१० भुटनदेवीबाट बा ६ च १४७६ नम्बरको कारबाट गाँजा बरामद भएको हो।

प्रहरी देखेपछि कार तीव्र गतिमा हाँकिएको थियो।

पछि भुटनदेवी मन्दिर जाने बाटोमा पार्किङ गरि राखेको उक्त कारबाट प्रहरीले ८० किलो गाँजा बरामद गरेको हो।

कारमा सवार मानिस भने भेटिएनन्।


प्रतिक्रिया दिनुहोस्