दुर्गा प्रसाईं भन्छन्-‘अडियो बाहिरियो, प्रकाश विरुद्ध प्रहरीमा जाहेरी दिन्छु’

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ८ : २४


काठमाडौं । झापा स्थित बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले विप्लवका छोरा प्रकाश चन्द विरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेका छन्।

दुई दिनअघि प्रकाश चन्द र दुर्गा प्रसाईंबीचको फोनवार्ता सामाजिक सञ्जाल मार्फत बाहिरिएको थियो। जसमा प्रसाईं र चन्दबीच धम्कीपूर्ण संवाद भएको सुन्न सकिन्छ।

अडियो टेप बाहिरिएपछि प्रसाईंले प्रहरीमा प्रकाश विरुद्ध उजुरी दिने तयारी थालेका छन्।

प्रसाईंले भने, ‘कसैको फोनकल अर्कालाई रेकर्ड गर्ने र सार्वजनिक गर्ने अधिकार हुन्छ कि हुँदैन म आज वकिलहरुसँग छलफल गर्दै छु, जाहेरी हाल्छु ।त्यसमा मलाई केही छैन धम्की आएपनि सामना गर्छु।’

आफूलाई ‘माफिया’ भनेको भन्दै प्रसाईंले म्यासेज पठाएपछि उनीहरुबीच टेलिफोन संवाद भएको थियो।

यो पनि

प्रकाश चन्दलाई धम्की दिएको भन्दै दुर्गा प्रसाईंलाई विप्लव समूहले दियो चेतावनी


प्रतिक्रिया दिनुहोस्