झापामा कोरोनाका कारण ७२ जनाको मृत्यु

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ५ : १४


झापा । झापामा कोरेना संक्रमणका कारण अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ ।

झापाको दमकमा मात्रै २७ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् ।

आज दमकमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएसँगै दमकमा मृतकको संख्या २७ पुगेको हो भने झापामा ७२ पुगेको हो ।

आज दमक ५ का एक ८६ बर्षिय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईका अनुसार खड्काको होम आइसोलेसनमै मृत्यु भएको हो ।

उनको आज बिहान साढे ५ बजे घरमै मृत्यु भएको हो । उनलाई कार्तिक १९ गते कोरोना पोजेटिभ देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्