आजको मौसमः उच्च पहाडी भेगमा आंशिक बदली हुने

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  १ : ५१


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशको उच्च पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

बिहीबार देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

दिउँसो प्रदेश नंं। १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज काठमाडौंको अधिकतम तापक्रम २३ देखि २४ डिग्री सेल्सियससम्मको बीचमा रहने चथा न्युनतम तापक्रम ८ डिग्री सेल्सियससम्म रहेको महाशाखाको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस्