कोरोना संक्रमणबाट विश्वमा एकैदिन १० हजार बढीको मृत्यु

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  १ : ३४


काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट एकैदिन १० हजार बढीको मृत्यु भएको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन १० हजार ६३ जना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट सबै भन्दा धेरै एकैदिन अमेरिकामा १३ सय ६२ जनाको ज्यान गएको छ ।

त्यस्तै इटालीम एकैदिन ६ सय २३ जनाको ज्यान गएको छ ।

त्यस्तै म्याक्सिोकोमा एकैदिन ६ सय १७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ भने भारतमा एकैदिन ५ सय ४९ जना संक्रमितको ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस्