काठमाडौं । साउदी अरबको जेद्दाहमा बम विस्फोट भएको छ।
फ्रान्सेली आन्तरिक मन्त्रालयले बम आक्रमण साउदी अरेबियाको जेद्दाह शहरमा स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रम भएको बताएको छ।
उक्त कार्यक्रममा धेरै दूतावासका कर्मचारीहरू सामेल थिए।
मन्त्रालयका अनुसार विस्फोट हुँदा गैर-मुस्लिमको चिहानमा कयौं मानिस घाइते भएका छन्।
साउदी अरेबियामा रहेका एक फ्रान्सेली पत्रकारले सोशल मिडियामा हमला पछिका धेरै तस्बिरहरू पोस्ट गरेका छन्, ती तस्वीरहरूमा जताततै रगत देख्न सकिन्छ।
घटनाबारे साउदी अरेबियाले केही बोलेको छैन। न्यूज एजेन्सी एएफपीका अनुसार घटनाको जिम्मेवारी अतिवादी समूह आइएसले लिएको छ।
#BREAKING Islamic State group claim responsibility for bomb blast that struck World War I commemoration at non-Muslim cemetery in Saudi Arabia pic.twitter.com/goWyRCiUjB
— AFP News Agency (@AFP) November 12, 2020
१२ दिन अगाडि जेद्दाह स्थित फ्रान्सेली वाणिज्य दूतावासका एक गार्डमाथि पनि छुरा प्रहार भएको थियो।