अदालतको फैसलाप्रति वामदेव खुशी

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १२ : ३९


काठमाडौं । सत्तारुढ दल नेकपाका नेता वामदेव गौतमले सर्वोच्च अदालतको फैसलाप्रति खुशी व्यक्त गरेका छन्।

नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने निर्णय बदर हुनुपर्ने माग राख्दै मुद्धा परेको थियो।

उक्त मुद्धा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार खारेज गरिदिएको छ।

यो सँगै गौतमलाई अब राष्ट्रियसभा सदस्य र मन्त्री बन्ने बाटो खुला भएको छ।

उक्त फैसलाप्रति गौतमले खुशीयाली व्यक्त गर्दै पद र प्रतिष्ठासँग राष्ट्रियसभाको बाटो नजोडिएको उल्लेख गरेका छन्।

“राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरूले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलास ले खारेज गरेको छ,” उनले फेसबुकमार्फत् भनेका छन्, “यसबीचमा मप्रति शुभेच्छा र सद्भाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु।”


प्रतिक्रिया दिनुहोस्