सुन्दर यातायातका अध्यक्ष थापा पक्राउ

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ११ : ०५


काठमाडौं । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा पक्राउ परेका छन्।

चेक बाउन्सको मुद्दामा उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेको हो।

उनी बुधबार कालिमाटीबाट पक्राउ परेको प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।

उनीविरूद्ध एक महिना अगाडि झविन्द्रप्रसाद बञ्जाडेले उजुरी दिएका थिए।

 


प्रतिक्रिया दिनुहोस्