कोरोनाबाट एकै दिन २६ जनाको मृत्यु

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ११ : ०१


काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट एकैदिन २६ जनाको निधन भएको छ।

पछिल्लो २४ घन्टामा देशभर २६ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुधबारको मृत्यु संख्या सर्वाधिक दैनिक मृत्यु हो।

यो सँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ।

पछिलो २४ घण्टामा देशभर थप २५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख नाघ्दै २,०२,३२९ पुगेको छ।

सोही अवधीमा संक्रमणमुक्त भएर १६ सय ६६ जना डिस्चार्ज भए। सक्रिय संक्रमितको संख्या ३८ हजार नौ सय १२ पुगेको छ ।

संक्रमितमध्ये तीन सय ८५ जनाको आइसियू र ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

गएको २४ घण्टामा १०,०८१ जनाको पीसीआर परीक्षण गरिएको थियो।

 


प्रतिक्रिया दिनुहोस्