ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १० : २९


पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ तरकारी चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा डोल्पा घर भई खैरहनी नगरपालिका– ६ बस्ने २४ वर्षीय अर्जुन गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना३ख ५५४ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ५३ प ९७५३ नंको मोटरसाइकलाई बुधबार बिहान ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालक गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै सवारी र ट्रकको चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।-रासस


प्रतिक्रिया दिनुहोस्