एकै घरमा डेरा गरी बस्ने ७ वर्षीया बालिका बलात्कार आरोपमा काठमाडौं गोठाटारबाट एक पक्राउ

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ९ : २४


काठमाडौं । काठमाडौंको गोठाटारमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पुरूष पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरले धाडिङ घर भइ गोठाटारमा डेरा गरी बस्ने ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको हो।

वृत्तका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतका अनुसार मंगलबार तामाङलाई पक्राउ गरिएको हो।

‘घटना हिजो दिउँसोको हो। उनलाई पक्राउ गरी ल्याएका छौं। घटनाबारे थप अनुसन्धान हुँदैछ,’ उनले भने।

उनका अनुसार बालिका र तामाङ एउटै घरमा डेरा गरी बस्थे।

बालिकाको मंगलबार नै स्वास्थ्य परीक्षण गराउन थापाथलीस्थित प्रसुती गृहमा लगेको थियो। त्यसको रिपोर्ट भने आइनसकेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

 


प्रतिक्रिया दिनुहोस्