बहराइनका प्रधानमन्त्रीको मृत्यु

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ८ : १९


काठमाडा । बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ।

बहराइन न्यूज एजेन्सीले प्रधानन्त्री खलिफाको बुधबार निधन भएको उल्लेख गरेको छ।

प्रधानमन्त्री खलिफाको ८४ बर्षको उमेरमा आज बिहान अमेरिकाको मेयो क्लिनिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

के कारणले उनको निधन भएको भन्ने खुलाइएको छैन। तर, अन्त्येष्टि समारोहमा विशिष्ट र परिवारका सिमित सदस्यको उपस्थिती रहने छ।

बहराइनका राजाले प्रधानमन्त्री खलिफाको निधनमा एक हप्ते शोकको घोषणा गरेका छन्। राष्ट्रिय झण्डा आधा झुकाइने छ। सरकारी सरकारी कार्यालयहरु बिहीबार देखि तीन दिनको लागि बन्द रहनेछन्।

सन् १९७० मा सत्तामा आएका खलिफा विश्वमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री हुने व्यक्ति हुन्

सलमान बहराइन स्वतन्त्र हुनुभन्दा २ वर्ष अगाडिदेखि प्रधानमन्त्री थिए । उनी सन् १९६९ मा बहराइनको प्रधानमन्त्री भएका थिए।


प्रतिक्रिया दिनुहोस्