प्रकाश चन्दलाई धम्की दिएको भन्दै दुर्गा प्रसाईंलाई विप्लव समूहले दियो चेतावनी

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ७ : ५९


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’का छोरा डा.प्रकाश चन्द र झापा स्थित बिएण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंबीचको फोन वार्ता सामाजिक सञ्जालमा बाहिरिएको छ।

केहि दिन अघि प्रकाशले एक अन्तरवार्तामा प्रसाईं लगायत केही मेडिकल कलेज सञ्चालकलाई ‘माफिया’ भन्दै उनीहरु सुध्रिनुपर्ने बताएका थिए।

उक्त अन्तरवार्तामा आफ्नो नाम लिएको भन्दै प्रसाईंले मोबाइलमा म्यासेज पठाएपछि प्रकाश र प्रसाईंबीच कुराकानी भएको देखिन्छ।

सोही बिषयलाई लिएर विप्लव नेकपाको भातृ संगठन अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका अध्यक्ष टिका प्रसा कँडेलले विज्ञप्ति जारी गर्दै प्रसाईंमाथि कारवाहीको माग गरेका छन्। सरकारले कारवाही नगरे ‘जनताले उनीमाथि कारवाही गर्ने’ चेतावनी समेत दिएका छन्।


प्रतिक्रिया दिनुहोस्