राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ६ : ५५


काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

बुधबार अध्यक्ष केसीको पीसीआर रिपोर्ट पोजिटिभ आएको उनकी छोरी रितु केसीले जनाकारी दिइन्।

झण्डै एक महिनादेखि बुटवलमा रहेका केसीमा रुघा, खोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो। उनी मंगलबार काठमाडौँ आएका थिए।

मंगलबार नै उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्