धनगढी । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ ।
अस्पतालले दिएको जानकारी अनुसार कञ्चनपुरको बेलौरी नगरपालिकाका–९ का ६२ वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको हो ।
उनमा कात्तिक २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो र सोही दिनदेखि सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
‘ उनलाई कडा खालको निमोनिया रहेको थियो’, सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भने । ‘राति ८ः२१ बजे उनको ज्यान गएको छ ।’ मृतक व्यक्तिको शव आज व्यवस्थापन गरिने जनाइएको छ ।