निधि सभापतिको उम्मेदवार हुनु सकारात्मक : मीनेन्द्र रिजाल

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ६ : १०


काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले उपसभापति विमलेन्द्र निधि सभापतिको उम्मेदवार हुनु सकारात्मक भएको बताएका छन्।

निधि सभापतिको उम्मेदवार हुँदा दुईभन्दा बढी उम्मेदवार हुने र पार्टी अहिलेझैं दुई वटा ध्रुवमा चर्को विभाजित नरहने उनको भनाइ छ।

बुधबार ट्वीट गर्दै उनले भनेका छन्, ‘विमलेन्द्र निधिजी सभापतिको उम्मेदवार हुँदा दुइभन्दा बढी उम्मेदवार हुन्छन र पार्टी अहिले झैं दुइटा ध्रुवमा चर्को गरी विभाजित रहदैन। त्यो सकारात्मक हो। उहाँले सफलता प्राप्त गर्ने/नगर्ने र सफल भए बिना भेदभाव सबैलाई नेतृत्व गर्न सक्ने/नसक्ने कुरा त अहिले पनि परीक्षण र परखको गर्भमा छ।’


प्रतिक्रिया दिनुहोस्