नेपाली बजारमा १५ सिटर गाडी भित्र्याउँदै फोटोन मोटर्स

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ५ : २३


काठमाडौं । चिनियाँ मोटर उत्पादक कम्पनी फोटोन मोटर्सले नेपालमा भ्यू सी–२ (१५ सिटर) गाडी पनि बिक्री गर्ने भएको छ ।

फोटोन मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्ल्यू भृद्धि कमर्सियल प्रालिले नयाँ गाडीको रुपमा भ्यू सी–२ (१५ सिटर) भित्र्याउन लागेको हो ।

फोटोनले विश्वभर अन्तर्राष्ट्रियस्तरका कमर्सियल गाडीहरु बिक्री गर्दै आइरहेको छ । फोटन मोटर्स नेपालले पनि नेपाली बजारमा बिभिन्न मोडलका फोटोन गाडीहरुको बिक्री बढाइरहेको छ ।

यसअघि नेपालमा फोटोन मोटर्सको भ्यू सीएस–२ एल (१९ सिटर)को बिक्री शुरु गरिएको थियो । भ्यू सीएस–२ एल (१९ सिटर)को उत्साहजनक बिक्री पछि कम्पनीले अर्को मोडल पनि नेपाल भित्र्याउन लागेको हो । फोटोनको भ्यू सी–२ (१५ सिटर) सन् २०२१ को सुरुवातदेखि नेपालमा बिक्री शुरु गरिने अपेक्षा गरिएको छ ।

दमदार इन्जिन र आकर्षक लुकलाई यो गाडिको मुख्य विशेषता मान्न सकिन्छ । गाडीमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षाका मापदण्डहरु अपनाइएको कम्पनीले दाबी गरेको छ ।

फोटोनले लामो समयको अनुसन्धान पश्चात भ्यू सी–२ श्रेणीमा १५ सिटे गाडी उत्पादन गरेको हो । वातावरणी प्रभावको पक्षलाई लामो समयदेखि अनुसन्धान गरिएको कम्पनीले दाबी गरेको छ । यो गाडीले शुन्य प्रतिशत कार्बन डायोक्साईड उत्सर्जन गर्छ ।

नेपाली बजारमा यो गाडीको मूल्य ४० देखि ५० लाख सम्म पर्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्