ट्रम्पले हार स्वीकार नगर्नु लजास्पदः बाइडेन

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ३ : १५


काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु वा हार स्वीकार नगर्नु ‘लाज’ को कुरा रहेको बताएका छन् ।

विश्वका विभिन्न देशका नेताहरुसँग सम्पर्क गरिरहेका राष्ट्रपतिमा निर्वाचित बाइडेनले कुनै पनि अवस्थामा शक्तिको हस्तान्तरण नरोकिने बताएका छन् । मंगलबार पत्रकारले पराजय स्वीकार गर्न ट्रम्पले गरेको अस्वीकार बारे प्रश्न गरेका थिए ।

त्यसको जवाफमा बाइडेनले भने, ‘मलाई लाग्छ यो लाजको कुरा हो, स्पष्ट रुपमा भन्दा । ट्रम्पले भने ट्वीट गरेर अन्ततः आफूले चुनाव जित्ने उल्लेख गरेका छन् ।

हरेक चार वर्षमा हुने चुनावमा अमेरिकी सञ्चारमाध्यमले मतगणना अन्तिम चरणमा पुग्दै गएपछि विजयी हुने उम्मेदवारको नाम घोषणा गर्छन् । तर नतिजा स्वीकृत हुन समय लाग्छ । राज्यहरुले इलेक्टोरल कलेज मतलाई डिसेम्बर १४ मा प्रमाणिकरण गर्छन् ।


प्रतिक्रिया दिनुहोस्