विश्वमा एकैदिन पाँच लाख ३५ हजार बढीमा कोरोना संक्रमण, ९ हजार १०२ जनाको मृत्यु

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  २ : ०५


काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमित र मृत्यु हुने संख्या दैनिक बढ्दै गइरहेको छ। हाल विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड १७ लाख ९० हजार १८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पाँच लाख ३५ हजार ५३३ नयाँ संक्रमित थपिएका छन्।वर्ल्डोमिटर्सका अनुसार विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ लाख ७८ हजार ४५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार १०२ संक्रमितको मृत्यु भएको छ । वर्ल्डोमिटर्सका अनुसार हालसम्म तीन करोड ६३ लाख ६२ हजार ८९६ जना संक्रमणमुक्त भएका छन् ।

विश्वमा सक्रिय संक्रमितको संख्या एक करोड ४१ लाख ४८ हजार ८४२ छ । त्यसमध्ये ९४ हजार ६१३ जना गम्भीर अवस्थाका छन् ।


प्रतिक्रिया दिनुहोस्