बिहार चुनावः नीतिश कुमार फेरि मुख्यमन्त्री बन्ने सम्भावना बलियो

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १ : ३८


काठमाडौं । भारत बिहारको विधानसभा चुनावको नतिजामा भाजपा तथा जनता दल युनाइटेडसहितको एनडीए गठबन्धनले बहुमतको आँकडा पार गरि १२५ सिटमा जित हाँसिल गरेको छ । योसँगै नीतिश कुमार पुनः मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको छ ।

२४३ सिटको बिहार विधानसभामा बहुमतका लागि १२२ सिट चाहिन्छ । तेजस्वी यादवको राष्ट्रिय जनता दल (आरजेडी) सहितको महागठबन्धन पछि रह्यो । तर आरजेडी सबैभन्दा ठूलो पार्टी बनेको छ ।

महागठबन्धनले ११० सिटमा जित हाँसिल गर्दा आरजेडीको खातामा ७५ सिट गयो । भजापाले ७४ तथा जेडीयूले ४३ सिटमा जित हाँसिल गरेका छन् ।

जेडीयूको विरोध गरेर विधानसभामा एक्लै चुनाव लडेको चिराग पासवानको लोक जनशक्ति पार्टी ९एलजेपी० ले मात्रै एक सिटमा जित हाँसिल गरेको छ ।

यो चुनावमा भाजपाले आफ्नो सिट संख्या पाँच वर्षअघिको चुनावमा भन्दा बढाएको छ । २०१५ को चुनावमा ८० सिट जितेको आरजेडीले योपटक ७५ तथा ५३ सिट जितेको भाजपाले योपटक ७४ सिटमा जित हाँसिल गरेको हो ।

तर पाँच वर्ष पहिलेको चुनावमा ७१ सिट जितेको जेडीयूले योपटक मात्रै ४३ सिटमा जित हाँसिल गरेको छ । यस्तै पाँच वर्ष पहिले २७ सिट जितेको कांग्रेसले यो वर्ष मात्रै १९ सिटमा जित हाँसिल गरेको छ ।

एनडीएले नीतिश कुमारलाई पुनः मुख्यमन्त्रीको उम्मेदवार बनाए पनि भाजपा अघि आएपछि त्यसमा भने अहिले नै भन्न सक्ने अवस्था नरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्