पहिलोपटक आईपीएलको फाइनल खेल्दै दिल्ली, प्लेइङ सेटमा परेनन् सन्दीप

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  २ : २१


काठमाडौं । कोरोना महामारीका बीच भारतबाहिर संयुक्त अरब ईमिरेट्स (यूएई)मा जारी १३ औं संस्करणको इन्डियर प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज (मंगलबार) फाइनल खेल शुरु भएको छ ।

उपाधीका लागि दुई टिम मुम्बई इन्डियन र दिल्ली क्यापिटल्स खेल्दै छन् ।

मुम्बई आईपीएलको साविक विजेता टोली हो भने दिल्ली पहिलोपटक आईपीएलको फाइनलमा खेल्दै छ ।

दिल्लीमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने पनि आवद्ध छन् । तर, यसअघिका सबै खेलमा जस्तै फाइनल खेलमा पनि दिल्लीले सन्दीपलाई बेञ्चमै राखेको छ । अर्थात् उनी फाइनल खेलमा पनि दिल्लीको प्लेइङ सेटमा परेका छैनन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुरु भएको प्रतियोगितामा दिल्लीले टस जितेर ब्याटिङ रोजेको छ ।

२ ओभर ४ बल खेल्दा दिल्लीले आफ्ना शुरुवाती दुई विकेट गुमाइसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस्