विहार निर्वाचनमा कडा टक्कर : एनडिएको ११४ र महागठबन्धनको १०९ स्थानमा अग्रता

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  २ : १३


विहार विधाननसभा निर्वाचनमा हालसम्मको मतगणनाअनुसार एनडिए गठबन्धनले ९ सिटमा जित हात पारेको छ भने ११४ सिटमा अग्रता कायम गरेको छ।

याे गठबन्धन भाजपा र नीतिशकुमारकाे हाे। त्यस्तै तेजस्वी यादवकाे महागठबन्धनले ३ स्थानमा जित हात पारेकाे छ।

१०९ स्थानमा अग्रता कायम गरेकाे छ। पार्टीहरुकाे मतमा भाजपा अघि लागेपनि अहिले दाेस्राे स्थानमा झरेकाे छ।

भाजपा ६७ र आरजेडीले ७२ स्थानमा अग्रता कायम गरिरहेकाे छ। वामपन्थी र अन्य पार्टीहरू पनि रहेका छन्।

विगतभन्दा वामपन्थी दलहरूले यस पटक सुधारेका छन्। विहार विधान सभा निर्वाचनमा २४३ सिटका लागि निर्वाचन भएको थियाे। तीन चरणमा भएकाे निर्वाचनकाे मतगणना बिहान ८ बजेदेखि गणना सुरु भएकाे थियाे।

बहुमतका लागि १२२ सिटमा जित हात पार्नुपर्ने हुन्छ। नितिश कुमार पछिल्लाे १५ वर्षदेखि मुख्यमन्त्रीकाे रुपमा रहेका छन्।

उनी चाैथाे पटक मुख्यमन्त्रीकाे दावेदारीमा मैदानमा रहेका छन् भने उनीसँग लालु यादवका छाेराे तेजस्वी यादव मैदानमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस्