थप २ हजार ७ सय ३६ जनामा कोरोना पुष्टि

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १० : ५०


२४ घण्टामा थप २ हजार ७ सय ३६ जनामा कोरोना पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ।

नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार १८ जनाको मृत्यु भएको थियो।

कुल संक्रमितमध्ये ३८ हजार ३५ सक्रिय संक्रमित छन्।


प्रतिक्रिया दिनुहोस्