वादको अनावश्यक बहसमा उल्झिएको विकासको ‘कथा’

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार


नेपालमा हिन्दू अनुयायीको संख्या अधिक हुनु कैकारण नेपाली समाज सधैं हिन्दू धर्म ग्रन्थबाट प्रभावित हुनु स्वाभाविक कुरा पनि भयो । हिन्दू धर्म ग्रन्थ रामायणका नायक राम ।  त्यतिबेलाका राजा सफल राजा थिए । त्यसैले हाम्रो समाजले पनि सधैं राम राज्यको परिकल्पना गर्दै कति पुस्ता फेरिए  । राम राजा भएर सुखी र समृद्ध राज्य निर्माण गरेर सुशासनको प्रत्याभूति दिन सकेका कारण अहिले पनि बेलाबखत सामाजिक न्याय सहितको सुशासनको परिकल्पना गर्दा अर्थात्  उचकोटीको राज्य व्यवस्थाको चाहना राख्दा राम राज्यको परिकल्पना गर्दछन् ।

आम गरिब निमुखा सर्वसाधारण जनताको चाहना  सधैं सामाजिक न्याय सहितको समानताको चाहना हुने गर्दछ । सधैं आत्मसम्मान सहितको जीवनकोकामना गर्दछ ।  यी सबै चाहना सधैं राजनीतिले  पूरा गर्ने कुरालाई मान्दछ । त्यसैले कति बुझेर कति नबुझेर पनि सधैं राज्यका हरेक नियममानेको हुन्छ ।  हैन भने दण्डित हुन पनि तयार हुन्छ । त्यसैले सधैं राजनीति सर्वोपरि हुने गर्दछ ।  तर पनि राजनीति समाजको विकाससँगै कुनै वाद र विचारबाट प्रभावित नभई रहन नसक्ने नै हुन्छ ।

अहिलेको नेपालको वर्तमान अवस्थामा वाद र विकास तथा सम्वृद्धिमा वादको प्रभावको बारेमा बहसले निरन्तरता पाइरहेको छ । मूलतः पूँजीवाद र समाजवादी मोडेलको टकराव हुँदै आएको छ । सोभियत संघको विघटन सँगै सबै पूँजीवादीहरु समाजवादी मोडेल असफल भएको विज्ञापन नै गर्दछन् । विश्व कै धेरै देश अहिले पूँजीवाद हुँदै उदारवादको अभ्यास गरिरहेका छन् । नव उदारवादी व्यवस्थाको रजाई नै चलेको छ ।

हाम्रो सन्दर्भमा पनि पञ्चायतकालदेखि बहुदल हुँदै गणतन्त्रसम्म विभिन्न वाद र विचारका अनुयायी सत्तामा आसिन भए पनि उदारवाद नै अर्थतन्त्रको गन्तव्य बनेको छ । तर, ‘राम राज्य’ कहिल्यै पनि हुन सकेन । नत राम जस्तै ‘मर्यादा पुरुष’ मान्न सकिने राजनेताको नै जन्म भयो । विभिन्न वाद र विचारको पछि लाग्दा लाग्दै कैयौ पुस्ता परिवर्तनको आशै आशमा यो धर्तीबाट बिदा भए । परवर्तन अहिलेसम्म आएको छैन । अगाडि डाक्टर लेख्ने अनेक व्यक्ति अर्थमन्त्री भए । अर्थशास्त्रका अनेक व्याख्या गर्न जानेका नेता सल्हाकार देखि योजना आयोगका नेता भए । केही उत्पादन मुलक उद्योग पनि बन्द भए  । आफूलाई पूँजीपति भन्नेहरू विदेशी बहुराष्ट्रिय कम्पनीका दलालका रूपमा पसल थापेका छन् । विद्यालय र अस्पताल उद्योग भएका छन् । सरकारले राजस्व उठाउने स्रोत हुन थालेका छन् ।

समाजवादीहरुकै निर्देशनमा  विद्यालय र अस्पताल सबैभन्दा नाफामुलक संस्था भएका छन् । खेतमाकाम गर्ने किसान बहुराष्ट्रिय कम्पनीका सस्ताकामदार भएका छन् ।  उनकै खेतको बीउ विजनको लागि बहुराष्ट्रिय कम्पनीलाई रोयल्टी बुझाउने भएका छन् । आफ्नै छेउबाट बग्ने खोलाको पानि पिउदा रोयल्टी अरुलाइनै बुझाउनु पर्ने हुन थालेको छ । अब बिजुली विदेशी कै हुने भयो । खोला विदेशीकै  । बसपार्क विदेशीले बनाउने भयो  । एयरपोर्ट विदेशीकै  । कहिले मन्दिर पनि विदेशीले नै व्यवस्थापन गरेर मन्दिर प्रवेशको शुल्क पनि विदेशीकै खातामा जम्मा हुनेछ ।

उदारवादको नाममा विदेशी कम्पनी हाम्रा चुल्हा चौका र बिस्तरासम्म त हामीले नै पुर्‍याइसकेका छौं नै । राज्यको भूमिका न्यून गर्दै सम्पूर्ण जिम्मा निजी क्षेत्रलाई दिँदै जाँदा झुपडीमा सिटामोल नपुग्ने भएको छ ।  झुपडीबाटकोही विद्यालय जान नसक्ने हुन थालेको छ । झुपडी बाटै बहुराष्ट्रय कम्पनीकाकामदार तयार हुने भएका छन् । पहिले छोरो हुर्किए रेल चढ्न तयार हुन्थ्यो । अहिले प्लेन चढ्न तयार हुन्छ । बाबु आमा र बच्चा बच्चि अस्पताल नदेखी मृत्युको नजिक पुग्न बाध्य हुन थालेका छन् ।  साम्यवादीहरुकै शासनकालमा देश  महामारीको चपेटामा चपेटिदा राज्य मृतकको संख्या दैनिक बिहान बेलुका प्रशारण गर्नुलाई आफ्नो कर्तव्यमान्न थालेको छ ।

यो यस्तो बेला हो । कांग्रेसको तिजौरीबाट समाजवाद कहिले हरायो तिजौरीको चाबी लिनेहरूलाई नै थाहा हुन छोडेको धेरै भइसक्यो ।  साम्यवादीहरुको झनै के कुरामार्क्स वाद पुरानो भएको धेरै भइसक्यो । चिल्ला गाडी र शूट टाईमा अटाउने कुरै भएन । यस्तो बेला विद्वानहरू वाद र विचारको बहसमा उत्रिएका छन् । अखबारका पाना भर्न उद्यत छन् । सबै विद्वान कुनै न कुनै बेला यो देशको डाडु पन्यु  नसम्हलेकाकोही पनि होइनन् सायद ।

समाज विकासको क्रम सँगै जब वर्गीय समाजको विकास भयो । त्यसपछि वाद र विचारमा पनि विविधता आउन थालेको हो । धेरै वर्गीय स्वार्थ अनुकुलका वाद र विचारका विकास हुँदै गए । र त्यही अनुकुलका अनुयायी पनि थपिँदै गए । एउटै वाद र विचारले पनि विभिन्न राजनीतिक पार्टीका जन्म भएका छन् । एउटा नेतृत्त्वले अर्को भन्दा आफू अब्बल भएको भ्रम छर्दै पार्टी चलाउन सफल पनि भएका छन् ।

अर्थ राजनीतिको कुरा भएकाले यो विषय पनि त्यसैमा केन्द्रित भएको हो । अर्थ राजनीति सधैं जनताको आर्थिक अवस्थाको तथा समग्र राष्ट्रकै विषयमा केन्द्रित हुनुपर्दछ । समाजवादी मोडेल सधैं समानताको कुरागर्दछ । यसले पूँजीपतिलाई सधैं आफ्नो पुँजी संकलनको बाटोमा अवरोध ल्याउने ठान्दछ । अझै साम्यवादसम्मको यात्रा उसको लागि उल्टो भइदिन्छ । त्यसैले उ सधैं यसको विरूद्धमा हुने गर्दछ । ५ प्रतिशतको ९५ प्रतिशतमाथिको रजाई खोसिन्छ । यो अवस्थाको यो वर्ग कल्पना पनि गर्न चाहँदैन । त्यसैले पुँजीवादमा विभिन्न मोडेल खोजेर विभिन्न मीठा कुरा गरेर अल्मल्याउने गर्दछ ।

कहिले श्रमिकलाई शेयर दिएरमालिक बनाउने योजना पस्किन्छ । कहिले लोक कल्याणकारी प्रजातन्त्रको अस्त्र फल्दछ । त्यही मध्येको अहिलेको नव उदारवादको मोडेललाई हेरिनु पर्दछ । घुमिफिरी पुँजीवादको सेवा गर्ने यही वादकाकारण आज राज्य निरीह भएको छ । एउटा सार्वजनिक खरिद नियमावली जस्तो विषय पनि राज्यकार्यान्वयन गर्न असफल भएको छ । व्यवसायीको अनुकूल हुने गरी कैयौ पटक फेरबदल भइसकेको छ ।

सर्वोच्च अदालतलेसम्म निशुल्क उपचार गर्न आदेश गर्दा पनि संविधान विपरितकोकाम निर्लज्ज गरिरहेको छ । हामीले प्रयोगमा ल्याएको उदारवादले यस्तो ठाउँमा ल्याएको छ । अनिती भ्रष्टाचार, बलात्कार,बेथिति सबै यसैको प्रयाय हुन थालेको छ । समाज यस्तो भइसक्यो यसैलाई स्वाभाविकमान्न थालेको छ ।  भ्रष्टाचार संस्कार कै रुपमा विकास भइसकेको छ । बलात्कार पछि हत्या जस्ता विषय पीडकको प्रभावमा गुप चुप मिलापत्रको नाटक रचेर पीडकलाई प्रोत्साहित गरेका घटना बाहिर आउँछन् । पुँजीको होडबाजीमा समाजले विवेक गुमाउन थालेको छ ।

उदारवादले थमाएको उपहार यहीमात्रै हो । समानता,कमाउनिष्टलेमात्रै पाएका छन् । सदाचार, सहिष्णुता,  आत्मसम्मान सबैका सबै तिनै पुस्तौं देखि विभेदमा परेकाहरुले गुमाउने चीज भएको छ । जनता आजित भएर होला  । प्रतिगमनको बाटो हिँड्न थालि सके । राजाको पुनरागमनलाई स्वागत भन्न थालिसके । यहाँ वाद र विचार निकम्मा भएका छन् । जस्तो सुकै वाद र  विचारको अनुयायी भए पनि जबसम्म राजनीति कर्मी इमान्दार हुँदैन । तबसम्म कुनै  पनि वाद र विचारले औचित्य पुष्टि गर्न सक्दैन । साम्यवादको गन्तव्य देखाएर उदारवादमा पुगेर पनि खुट्टा लुला भएका कमाउनिस्त होउन् या उदारवादको नमाम समाजवादलाई बली दिएका कांग्रेस सबैले व्यक्तिगत लाभ हानीलाई केन्द्रमा राखेर राजनीति गर्दा अझै ‘राम राज्य’ काल्पनिक भएको छ । अझै पनि जबसम्म इमान्दार नेतृत्व राजनीतिमा आउँदैन, तबसम्म वाद र विचार डा धारी भरौटे विद्वानहरूको मागी खाने मेलो मात्र हो । फगत बहसमात्र हो । विज्ञान र प्रविधिको विकास सँगै चिन्तन र विचारमा परिवर्तन आएको छ ।  समाजको संरचना बदलिएको छ । आर्थिक गतिविधि बदलिएका छन् । शोषणको स्वरूप बदलिएको छ । तर पनि शोषण बदलिएको छैन । इमान हराएको छ । साम्यवादको सपना देखाएर उदारवादमा समानता खोज्ने नेतृत्त्व र डा धारी विद्वान आफ्नो पालामा के गरे भनेर फर्केर हेर्न चाहँदैनन् । निर्लज्ज छन् ।  सत्ता बाहिर हुनुको पीडा हुन सक्छ,  अझै पनि रंग फेरेर आफूलाई अझै अब्बल देखिनै होला । अखबारका पानामा विद्वता पोख्दै गर्छन् ।

बहसको नाटक मञ्चन गरिरहन्छन्. । बहुदलको आगमन सँग सँगै उदारवाद अझ खुला रुपमै प्रयोगमा आएको हो । निजीकरणको प्रक्रिया पनि त्यहीबाट आक्रामक रुपमा अगाडि बढेको । रुङ्ग्ण उद्योगको उत्पादन क्षमता वृद्धि निजी क्षेत्रबाट हुने प्रचार गरियो  । उच्च रोजगारी सिर्जना हुने आशा जनतालाई देखाइयो पनि । अहिले फर्केर हेर्दा अवस्था भिन्न देखिन्छ । कौडीको भाउमा बेचिएका उद्योगको अवस्था झनै रुङनमात्र हैन अब जमीनको मोलतोल हुन थालि सकेको छ । निजी क्षेत्र उत्पादनमा भन्दा ट्रेडमा उत्साहित भएका छन् । परिणामले देखाउँछ आयात उच्च रूपमा बढेको बढ्यै छ ।

सरकारको राजस्व उठाउने लक्ष्य पनि यसैमा निर्भर गरेको छ । रोजगारी सृजनाको जिम्मा भारत र खाडी मुलुक कै जिम्मा जस्तै भएको छ । उदारवादलेमात्र भोगी बनाएको छ । उत्पादनको जिम्मा भारत र चीनको जिम्मा लगाई दिए जस्तै भएको छ । भोगी हुँदै जाँदा र सरकार जनता प्रति झनै गैह्र जिम्मेवार बन्दै जाँदा । शिक्षा र स्वास्थ्य मै श्रमिकको आयले नधान्ने भएको छ  भ्रष्टाचार गर्न र गराउन सरकार नै सहयोगी भएको छ ।  । आयातमुखी अर्थतन्त्रको विकास हुँदै जाँदा रेमिट्यान्स आयात गर्दै विदेश गएको छ । आम जनताको जीवन स्तर झनै खस्किँदै गएको छ । देशमा  रोजगारी झनै खुम्जिदै जाँदा आम जनताको जीवन झनै दयनिय हुँदै गएको छ । धनी झन् धनी हुँदै जाने र गरिब झनै गरिब हुँदै जाने कुराले निरन्तरता पाइरहेको छ ।

यसरी अन्ततः जसरी व्याख्या गर्दा पनि परिणामले देखाउँछ जति मिठो नाम दिए पनि उदारवादले सेवा गर्ने पूँजीपतिको नै हो भन्ने पुष्टि हुन पुग्दछ । तर पनि विश्वका कैयौ देशमा वर्गीय विभेद र असमानताकायमै रहेर पनि समग्र देशको समृद्धि र विकासलाई हेर्दा राजनीतिक नेतृत्त्व देश र जनता प्रति इमान्दार हुँदा सम्वृद्धि सम्भव भएको पाइन्छ ।  सिङ्गापुर, दक्षिणकोरिया,  जापान जस्ता देश यसका उदाहरण हुन । त्यसैले वाद सँग सँगै असल र दृढ इच्छा शक्ति सहित इमान्दार राजनीतिक नेतृत्त्व नै आजको आबस्यकता हो । तर पनि मुक्तिको एउटैमात्र  आधार समाजवाद हुँदै साम्यवादको यात्रा नै हुन सक्दछ । त्यसको लागि  राज्य जनताको अभिभावकीय भूमिकामा हुनु पर्दछ ।

शिक्षा स्वास्थ्य र रोजगारी जस्ता न्यूनतम आधारभूत आबस्यकताका कुरा राज्यले ग्यारेन्टी गर्नु पर्दछ । जडीबुटी पशुपालन तथा कृषिमा नागरिकलाई जोड्दै लैजाने प्रयत्न गर्नु पर्दछ । शिक्षा र स्वास्थ्य जस्ता विषयमा दक्ष जनशक्तिको विकास गर्दै तथा आवश्यक पूर्वाधारको विकास गरेर संसार कै स्वास्थ्य र शिक्षाको हब बनाउन अबको यात्रा तय गरिनु पर्दछ । पर्यटन तथा मनोरंजनलाई सेवामुलक उद्योगको रुपमा विकास गर्न पनि राज्यले नेतृत्त्व  दायी भूमिका निभाउनु पर्दछ । यसरी आत्मनिर्भर अर्थ तंत्रको विकास नै उदारवादले पुर्याएको क्षतिको भरतपुर गर्ने उपाय हुन सक्दछ । फेरि पनि बाटो तय र गन्तव्य तर्फको यात्रा उच्च प्रकारको  इमान्दार राजनीतिक नेतृत्वको आवश्यक हुन्छ नै । त्यही नेतृत्वको विश्वासमा आम नागरिक विकासको यात्रामा सम्वृद्धि हाम्रै लागि र हाम्रै पालामा भन्दै लाम वद्द हुनेछन् ।

राज्यप्रति जनताको विश्वासको विकास गर्नु नै आजको अर्को प्रमुख चुनौती हो । जब राज्य इमान्दार हुनेछ । नागरिक आफै इमान्दार हुनेछन् । आपसी विश्वासको आधार नै विकासको आधारशिला हुनेछ । यात्राको पहिलो पाइला हुनेछ । अबको यात्रा सबै समान र सबै सम्पन्नको हुनेछ ।  अर्थतन्त्र को मौलिक मोडल को विकास हुनेछ । त्यो आपसि विश्वासले विकास गरेको हाम्रै मोडल हुनेछ ।


प्रतिक्रिया दिनुहोस्