एकैदिन ३ हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ५ : ४८


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकै दिन तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँ प्रतितोला रहेको छापावाल सुनको मूल्य मंगलबार ९४ हजार ८ सय प्रतितोला कायम भएको छ ।

सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार २ सय ८५ रहेको चाँदीको मूल्य मंगलबार १ हजार २ सय १५ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८ सय ८१ अमेरिकी डलरका दरले कारोबार भइरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस्