ट्रम्पलाई के मेलानियाले डिभोर्स दिँदैछिन्? यस्तो छ दाबी

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ११ : ४५


काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचन २०२० मा रिपब्लिकन उम्मेदवार तथा बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प हारेका छन्।

यो सँगै अब अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन हुने निश्चित भएको छ। तर, हालसम्म ट्रम्पले हार स्वीकारेका छैनन। आफूले चुनाव जितेको उनको दाबी छ।

चुनावमा धाँधली गरेको बाइडेनमाथि उनले आरोप लगाएका छन्। आफूले ७ करोड १० लाख भन्दा बढी वैध भोटले चुनाव जितेको ट्रम्पको दाबी छ।

यसैबीच, डेली मेलले ट्रम्पकी पत्नी मेलानियाले ट्रम्पलाई डिभोर्स दिने तयारी गरिरहेको उल्लेख गरेको छ।

एक पूर्व सहयोगीलाई उदृत गर्दै चुनाव हारेपछि ट्रम्पलाई मेलानियाले छोड्ने तयारी गरेकोे समाचारमा उल्लेख छ।

मेलानियाले ट्रम्पले चुनाब हारुन् र उनी ह्वाइट हाउसबाट बाहिरिएपछि औपचारिक रुपमा उनीसँग सम्बन्धविच्छेद गरेर आफू अलग्गिन पाउँ भनेर ‘हरेक मिनेट गन्दै बसिरहेको’ ट्रम्प परिवारका ती पूर्व सहयोगीको दाबी छ।

मेलानियाले जहिल्यै ट्रम्प हारुन भन्ने चाहेका थिए उनले बताएकी छन्। यो दाबी ह्वाइट हाउसकी ट्रम्प परिवारकी पूर्व सहयोगी स्टेफनी वोकफले गरेकी हुन।

उनका अनुसार, मेलानिया त्यो क्षणको लागि पर्खिरहेका छन्। र उनीहरुको विवाह अहिले ‘व्यवसायिक सम्झौता’को रुपमा मात्रै बाँकी छ।

उक्त रिपोर्ट अनुसार मेलानियाले विवाह पछि ट्रम्पसँग पूर्व सम्झौताको बारेमा कुराकानी गर्दै आएकी छन्।

ती सहयोगीका अनुसार मेलानियाले आफूले साथ छोडेपछि छोरा बेरन लाई ट्रम्पको विरासतमा बराबरी अंश दिलाउनको लागि छलफल गरिरहेकी छन्।

ट्रम्प र मेलानियाको राष्ट्रपति भवन ह्वाइट हाउसमा छुट्टै बेडरूम भएको वोकफले बताएकी छन।

उनले ट्रम्प र मेलानियाको विवाहलाई ‘लेनदेन’को रूपमा वर्णन गरेकी छन्।

ट्रम्प परिवारकी अर्की पूर्व सहयोगी ओमरोसा मेनिगल्ट न्यूम्यानले पनि मेलानियाले ट्रम्प अफिसबाट बाहिरिउन् र उनी सम्बन्ध विच्छेद गरेर जान सकुन् भनेर हरेक मिनेट गनिरहेको बताइन्।

उनका अनुसार ट्रम्प र मेलानियाको १५ वर्षको वैवाहिक सम्बन्ध सकिइसकेको छ।

ट्रम्पले आफ्नी दोस्रो पत्नी मार्ला म्यापल्ससँग डिभोर्स गरेका थिए। कुनै पनि मिडियामा अन्तर्वार्ता नदिने र पुस्तक प्रकाशित नगर्ने सम्झौता उनीहरुबीच भएको थियो।

सहयोगीहरुका अनुसार मेलानियासँग पनि ट्रम्पले त्यस्तै सम्झौता गरेका हुनसक्छन।

राष्ट्रपति ट्रम्पका आधा दर्जन भन्दा बढी गर्लफ्रेन्ड रहेको चर्चा हुँदै आएको छ। ट्रम्पले तीन महिला सँग विवाह गरेका हुन।

ट्रम्प र मेलानियाको विवाह

ट्रम्प र मेलानियाको १९९८ मा न्युयोर्कमा भेट भएको थियो। त्यतीबेला ट्रम्प ५२ बर्षका थिए भने मेलानिया २८ बर्षीया।

उनीहरू त्यहाँ एक फेसन विक पार्टीमा भेटिए । पहिलो भेटमै उनीहरुबीच प्रेम बस्यो। र केही समयपछि २००५ को जनवरीमा विवाह गरेका थिए। २००६ मा मेलानियाले एक छोरा जन्माएकी थिइन। उनको नाम बेरन हो।


प्रतिक्रिया दिनुहोस्