ट्रम्पले हारेको खुशीमा रोए सीएनएनका पत्रकार (भिडियो)

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १० : २४


काठमाडौं । अमेरिकाको २०२० को राष्ट्रपतीय निर्वाचन डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले जितेका छन्।

गत मंगलबार अर्थात नोभेम्बर ३ मा सम्पन्न भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डेमोक्याट्रिक उम्मेदबार जो बाइडेनले बाजी मारेपछि विश्वभर खुशीयाली छाएको छ।

राष्ट्रपतिको विजयका लागि आबस्यक पर्ने न्यूनतम २ सय ७० इलेक्टोरल भोटमा हाल सम्म पछिल्लो पेन्सलभेनिया राज्यको निर्वाचन परिणामको घोषणा सँगै डेमोक्याट्रिक उम्मेदबार बाइडेन ले २८४ इलेक्टोरल मत प्राप्त गरि आफ्नो व्हाइट हाउसको यात्रा निश्चित गरि सकेका छन्। यो सँगै उनी अब अमेरिकाको ४६ औं राष्ट्रपति हुने सुनिश्चित भएको छ।

अमेरिकी सञ्चार माध्यमले राष्ट्रपतिमा बाइडेन निर्वाचित भएको उल्लेख गरेका छन्। चुनाव जितेपछि बाइडेनलाई विश्वका धेरै नेताहरुले शुभकामना दिइरहेका छन। नेता कार्यकर्ता एवं शुभचिन्तकले खुशियाली मनाईरहेका छन्।

यसैबीच, राष्ट्रपतिमा बाइडेन निर्वाचित भएको खुशीमा अमेरिकी समाचार संस्था सीएनएनका पत्रकार टेलिभिजन कार्यक्रममै खुशीका कारण धरधरी रोएका छन्।

पत्रकार भान जोन्सले ट्रम्पको कार्यकालमा अमेरिकामा विभाजन निम्तिएको , कालाजातिका मानिसहरुमाथि विभेद बढेको भन्दै अब अमेरिकामा शान्ती हुने आशा व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्पति ट्रम्पले समाचार एजेन्सी सिएनएनलाई आफू विरोधी भएको बताउँदै आएका थिए।

उनले कयौंपटक सीएनएनका पत्रकारलाई पत्रकार सम्मेलनबाट बाहिर निकालेका थिए। आफू विरुद्ध आउँने समाचारलाई ट्रम्पले ‘फेक न्युज’ भन्ने गरेका थिए। सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा हिलारी क्लिन्टन राष्ट्रपतिको उम्मेद्वार रहँदा ट्रम्पले सिएनएनलाई ‘क्लिन्टन न्यूज नेटवर्क’ भन्ने गरेका थिए।

बाइडेनको विजयका बारे अमेरिकामा मात्रै नभई विश्वभर खुशीयाली छ। बीबीसी नेपाली सेवाका पूर्व प्रमुख रविन्द्र मिश्रले यस्तो ट्विट गरेका छन्।


प्रतिक्रिया दिनुहोस्